कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एकै दिन ५० युनिट बीवाईडी ईभी डेलिभरि

आरएसए भेहिकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक 

काठमाडौँ — बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले रोड साइड असिस्टेन्स (आरएसए) भेहिकलको रुपमा बीवाईडी ई६ सार्वजनिक गरेकाे छ । साथै शनिबार एकै दिन ५० युनिट बीवाइडी ईभी डेलिभर पनि गरिएकाे कम्पनीले जनाएकाे छ ।

एकै दिन ५० युनिट बीवाईडी ईभी डेलिभरि

कम्पनीका अनुसार ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरेकाे हाे । आरएसए भेहिकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक गरेकाे जनाएकाे छ । बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिसका लागि बीवाईडी ई६ ल्याइएकाे हाे । निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएकाे छ ।

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेहिकलको रुपमा परिचित गराएर कम्पनीले नयाँ आयाम थपेको छ,' साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, 'ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ, अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ ।'

आरएसए भेहिकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको कम्पनीकाे दाबी छ ।

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् । ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×