कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मिस युनिभर्स नेपालका लागि आवेदन खुला

काठमाडौँ — सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला गरेको हो ।

मिस युनिभर्स नेपालका लागि आवेदन खुला

हरेक वर्षजस्तै सबै क्षेत्रका महिलालाई समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध रहेको मिस युनिभर्स नेपालका नेसनल डाइरेक्टर संगीता पुरीले बताइन् । प्रतियोगिताको आवेदन जेठ १ देखि असार १ सम्म खुला रहनेछ ।

इच्छुक महिलाले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फाराम भरेर आवेदन दिन सक्नेछन् । आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने ग्लोबल ग्लामर भेन्चरले जनाएको छ ।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थितिजस्ता अन्य कुनै कुराको प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीका साथै गैरआवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित : जेष्ठ ३, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×