कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेशनल लाइफद्धारा १२३ जना द‍ृ‍ष्टिविहिनलाई सेतो छडी

काठमाडौँ — नेशनल लाईफ इन्स्योरेन्सले अपागंता संरक्षण नेपालको सहायतामा १२३ जना द‍ृ‍ष्टिविहिन व्यक्तिलाई सेतो छडि प्रदान गरेको छ । कम्पनीले ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको अवसरमा द‍ृ‍ष्टिविहिन व्यक्तिलाई सेतो छडि प्रदान गरेको हाे ।

नेशनल लाइफद्धारा १२३ जना द‍ृ‍ष्टिविहिनलाई सेतो छडी

कम्पनीले केन्द्रिय कार्यालमा विशेष रक्तदान कार्यत्रम आयोजना गरेको थियो । जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता थियो । देशभरमा ५३ वटा बाल र वृद्ध आश्रममा खाना खुवाएको छ । कम्पनीले स्थापनाकाल देखि गत पुसमसान्तसम्म कूल बीमा शुल्क आम्दानी १०२ अर्ब ३० करोड छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ । कम्पनीले हालसम्म ३७ अर्ब ४९ करोड बराबर बीमा दावी भुक्तानी गरेको छ । देशभर ११७ शाखा कार्यालय छन् भने ५ सय जना कर्मचारी छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×