कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कुञ्जमा 'म्यारिज प्रपोजल'

काठमाडौँ — रुसी नाटककार एन्टोन चेखवद्वारा लिखित, रंगकर्मी चे शंकरबाट नेपालीमा अनुवाद गरिएको नाटक 'म्यारिज प्रोपोजल' काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन हुँदैछ ।

कुञ्जमा 'म्यारिज प्रपोजल'

सङ्गीत सापकोटा र आशिष घिमिरेले संयुक्त रुपमा निर्देशन गरेको यो नाटक जेठ १० देखि २७ सम्म मञ्चन हुने जनाइएको छ ।कमेडी जनरामा लेखिएको नाटकलाई मुख्य ४ कलाकारको अभिनय देख्न सकिन्छ । विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धिताल नाटकमा देखिएका कलाकारहरू हुन् ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

चेखवले सन् १८२० मा लेखेको नाटकलाई नेपालीमा अनुवाद गर्दा यसका पात्र र कथावस्तु काल्पनिक बनाइएको निर्देशक संगीत सापकोटाले बताए । कलासी प्रोडक्सनले कर्मन कलासँगको सहकार्यमा तयार पारेको यो नाटक यसअघि सन् २०१८ मा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।

सन् २०१९ मा भारतको अलाहाबादमा भएको कुम्भ फेस्टिभलमा पनि यो नाटक प्रस्तुत गरिएको थियो । नाटकलाई बङ्गलादेशको राजशाहीमा ब‌ंगबन्धु थिएटर फेस्टिभलमा समेत मञ्चन गरिएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०८१ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×