कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नेप्से २३.८१ अंकले घट्यो, साढे ४ अर्बको शेयर किनबेच  

काठमाडौँ — बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक २३.८१ अंकले घटेर २ हजार ८९.४२ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.१२ प्रतिशतले घटेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेप्से २३.८१ अंकले घट्यो, साढे ४ अर्बको शेयर किनबेच  

बजेटमा शेयर बजार सुधारका कार्यक्रम नभएकाले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले बजारमा बिक्री चाप बढाएकाले समग्र बजार दोहोरो अंकले घटेको हो । गत सोमबार सामान्य अंकले बढेर बन्द भएको थियो ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । उक्त दिन झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत सोमबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ५६ वटा कम्पनीको शेयर मूल्य बढ्यो, १ सय ९१ वटाको घट्यो ।

प्रकाशित : जेष्ठ १६, २०८१ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×