कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

करको दर धेरै हुँदा मुद्रण उद्योग धराशायी भयो : अध्यक्ष तिवारी

सुवास विडारी

मकवानपुर — सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरू परेको गुनासो मुद्रण व्यवसायीले गरेका छन् ।नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरु भएको केन्द्रीय समितिको बैठकअगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा करिब २८ प्रतिशत कर लाग्ने गरेको बताएका हुन् ।

करको दर धेरै हुँदा मुद्रण उद्योग धराशायी भयो : अध्यक्ष तिवारी

‘कागज तथा कच्चा पदार्थमा भन्सार महसुल १५ प्रतिशत र भ्याट १३ प्रतिशत गरी २८ प्रतिशत कर लाग्ने सरकारको व्यवस्थाले स्वदेशी मुद्रण उद्योगलाई धराशायी बन्दै गइरहेका छन्,’ महासंघ केन्द्रीय अध्यक्ष विष्णु तिवारीले भने । सरकारको गलत नीतिका कारण चार हजार मुद्रण व्यवसायी र करिब ९० हजार कामदारलाई समस्या परिरहेको औंल्याएको उनको भनाइ छ ।

व्यवसायीले विदेशमा मुद्रण गरी नेपालभित्र आयात गरिने पुस्तक, औद्योगिक लेबल तथा प्याकेजिङ सामग्रीहरूमा कर छुट तथा न्यून कर लिँदा स्वदेशी उद्योग मारमा परेको बताए । ‘स्वदेशी मुद्रण उद्योगलाई धेरै कर लगाउँदा विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेर हाम्रा उद्योगहरु धराशायी बन्न थालेका छन्,’ तिवारीले भने ।

पछिल्लो दश महिनाको तथ्यांकअनुसार चार अर्ब ८ करोड रुपैयाँ छपाइजन्य सामग्री विदेशबाट आयात हुँदा ४ करोड ३८ लाख रुपैयाँबराबरको निर्यात भएको उनीहरूको दाबी छ । व्यवसायीले आज सार्वजनिक हुने बजेटमा सम्बोधन गर्न सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्रसमेत बुझाएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०८१ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×