कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ट्रेजरी बिलमार्फत २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाइँदै

काठमाडौँ — सरकारले ट्रेजरी बिलमार्फत २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि कार्यालयले बोलकबोल आह्वान गरेको हो ।

ट्रेजरी बिलमार्फत २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाइँदै

जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ७ अर्ब ७० करोड रुपैयाँको ९१ दिने, ५ अर्बको १ सय ८२ दिने र ७ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि कार्यालयले सोमबार (वैशाख ३ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार (वैशाख २४ मा) ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

पछिल्लो पटकको बोलकबोलमा ३.२६ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ३.४ प्रतिशत र सबैभन्दा कम २.४ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । अहिले सरकारले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

यसअघि राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण उठाउँदै आएकोमा गत चैत १९ देखि उक्त काम सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्दै आएको छ ।

प्रकाशित : वैशाख २, २०८१ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×