कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेप्से ३०.५६ अंकले घट्याे, साढे ४ अर्बकाे काराेबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३०.५६ अंकले घटेको छ । साताको तेस्रो दिन १.४५ प्रतिशतले घटेको नेप्से २०७०.५९ अंकमा पुगेको हो । आज कुल ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से ३०.५६ अंकले घट्याे, साढे ४ अर्बकाे काराेबार

कुल ४० कम्पनीको सेयर मूल्य बढ्यो भने २०३ कम्पनीको मूल्य घट्यो । ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहृयो । आज सबैभन्दा बढी निर्जिवन बीमा उपसमूह १९७.९७ अंकले घट्यो । जीवन बिमा १८७.७३ अकंले घट्यो । होटल तथा पर्यटन ९८.९७ अंक, विकास बैंक ९९.२५, उत्पादन तथा प्रशोधन ५९.८५ अंकले घट्यो । बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था, सुपर माई हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

जोशाी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ८.३० प्रतिशतले बढ्यो । कारोबार रकमको अधारमा हिमालयन रि इन्स्योरेन्स अगाडि रहे । हिमालयन रि इन्स्योरेन्सको ३२ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ४ लाख ७८ हजार ५६० कित्ता सेयर किनबेच भएको छ । सोनापुर मिनरल्स एण्ड आयलको ११ करोड ९२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : फाल्गुन १, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×