१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहरण गरेका हुन् । निमित्त उपकुलपति शिवलाल भुसालले पदभार ग्रहण गराए ।

त्रिवि उपकुलपति बरालद्वारा पदभार ग्रहण

कार्यक्रममा रेक्टर, रजिस्ट्रार डिनहरु लगायत पदाधिकारी र प्राध्यापक, कर्मचारी सहभागी थिए । बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

उनी व्यवस्थापन संकायअन्तर्गतको वित्त विषयका प्राध्यापक हुन् । त्रिविबाटै व्यवस्थापन प्रशासन र वाणिज्यमा स्नातकोत्तर बरालले भारतस्थित दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?