ईपीएल

ऋषभको उत्कृष्ट प्रदर्शनमा दिल्ली विजयी

वैशाख १३, २०८१

कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।...

पोखरा पहिलोपल्ट ईपीएल फाइनलमा

भैरहवा ग्लाडियटर्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पोखरा राइनोज बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । पोखराले बिहीबार क्वालिफायर १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी पहिलो पटक ईपीएल फाइनल पुगेको हो ।

ईपीएल : पोखरा र भैरहवाको क्वालिफायर होड

चितवन टाइगर्सको पहिलो हार र काठमाडौं किंग्स इलेभेनमाथि पोखरा राइनोजको विजयसँगै बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर समीकरण रोचक बनेको छ । पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको चितवनलाई सोमबार भैरहवा ग्लाडियटर्सले ६ विकेटले पराजित गरेको थियो ।

चितवनमाथिको जितले भैरहवाको क्वालिफायर सम्भावना कायमै

प्रदीप ऐरी र तामिम इक्बालले पहिलो विकेटमा शतकीय साझेदारी गरेपछि भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

विराटनगरको विजयले काठमाडौं दबाबमा

विराटनगर वारियर्सले सान्त्वना विजयका साथ बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यात्रा टुंगाएको छ । पहिलो चार खेल हारेर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले आइतबार काठमाडौं किंग्सलाई ७ रनले पराजित गर्‍यो ।

काठमाडौं र भैरहवाको खेल रद्द

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल हुन नसकेको हो ।

ईपीएल : चितवन प्लेअफमा निश्‍चित

चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्लेअफमा स्थान निश्चित गर्ने पहिलो टोली बनेको छ । चितवनले पहिलो तीनै खेल जित्नेक्रममा शुक्रबार पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्‍यो ।

ईपीएल : पोखराद्वारा चितवनलाई सामान्य लक्ष्य

पोखरा राइनोजले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शुक्रबार चितवन टाइगर्सलाई सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले ७ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सक्यो । 

ईपीएल : ललितपुरले विराटनगरलाई ३७ रन हरायो

डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । टोलीले शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्‍यो ।

ईपीएल : अन्तिम बलमा शरदको छक्का, खेल ‘टाई’

ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भएको खेल ‘टाई’ मा टुंगिएको छ । १ सय ७८ रनको लक्ष्य लिएर आएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ७७ रन बनाएपछि स्कोर बराबरी भएर खेल सुपर ओभरमा लम्बिएको थियो । तर खराब प्रकाशका कारण थप खेल हुन असम्भव भएपछि दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको थियो ।

ईपीएल : भैरहवाविरुद्ध ललितपुरको ठूलो स्कोर

पहिलो दुई खेलमा पराजित भएर दबाबमा परेको ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बिहीबार भैरहवा ग्लाडियटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

ईपीएल : लगातार दोस्रो जितसहित चितवन शीर्षमा

लगातार दोस्रो खेल जित्दै चितवन टाइगर्स बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । चितवनले काठमाडौं किंग्स ११ लाई ३ विकेटले पराजित गर्‍यो ।

ईपीएल : ललितपुर र विराटनगरको पीडा

साबिक विजेता ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा लगातार दोस्रो हार बेहोरेको छ । पोखरा राइनोजले मौसमबाट प्रभावित खेलमा बुधबार ललितपुरलाई ९ विकेटले हरायो । पहिलो खेलमा काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित ललितपुरलाई पछिल्लो हारले प्लेअफमा पुग्न कठिन बनाएको छ ।

ईपीएल : भैरहवाले विराटनगरलाई ६ विकेटले हरायो

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको खेलमा भैरहवा ग्लयाडिएटर्सले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको छ ।