ईपीएल : भैरहवाले विराटनगरलाई ६ विकेटले हरायो- खेलकुद - कान्तिपुर समाचार

ईपीएल : भैरहवाले विराटनगरलाई ६ विकेटले हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको खेलमा भैरहवा ग्लयाडिएटर्सले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको छ ।

विराटनगरबाट ९० रनको लक्ष्य पाएको भैरहवाले १५.३ ओभरमै ४ विकेट गुमाउँदै ९२ रन ल्याएको थियो । २७ बल बाँकी छँदा नै भैरहवाले निर्धारित लक्ष्य भेटाएको हो ।

भैरहवाका लागि खेलेका धम्मिका प्रसाद प्लेयर अफ द म्याच घोषित भए । यसअघिको खेलमा पोखराले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले हराएको थियो ।


प्रकाशित : आश्विन १३, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्

चरित्रहत्या हुने भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ युट्यबुरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याई घृणा फैलाउने सामग्रीहरू प्रसारण गरी विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतनको कसुर गरेको आरोपमा पक्राउ गरी मुद्दा दायर गरिएको ब्यूरोले जनाएको छ ।


प्रकाशित : आश्विन १३, २०७८ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×