१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

आईपीएल : शीर्षमा राजस्थान अझ बलियो

काठमाडौँ — सिमरोन हेटमायरले १० बलमा बनाएको २७ रनमा राजस्थान रोयल्सले आईपीएलमा शनिबार पञ्जाब किंग्समाथि रोमाञ्चक तीन विकेटका जित निकालेको छ । यो जितले शीर्षमा रहेको राजस्थानको स्थिति अझ बलियो भएको छ ।

आईपीएल : शीर्षमा राजस्थान अझ बलियो

पञ्जाबले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । त्यसमा आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाए । जवाफमा राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको हो ।

हेटमायर ‘प्लेयर अफ द म्याच’ भए । उनले एक चौका र तीन छक्का प्रहार गरे । यो जितपछि राजस्थानको ६ खेलबाट १० अंक भएको छ । राजस्थानले अहिलेसम्म एकै खेल मात्र हारेको छ ।

प्रकाशित : वैशाख २, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?