१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ईपीएल : पोखराद्वारा चितवनलाई सामान्य लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — पोखरा राइनोजले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शुक्रबार चितवन टाइगर्सलाई सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले ७ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सक्यो । 

ईपीएल : पोखराद्वारा चितवनलाई सामान्य लक्ष्य

पोखरालाई चितवनले सुरुआतदेखि नै दबाबमा राखेको थियो । रित गौतम २, सुनिल धमला शून्य, कप्तान विनोद भण्डारी ५, रिचर्ड लेभी २० र लोकेश बम ८ रनमा आउट भएपछि पोखरा नवौं ओभरमा ४२–५ को स्थितिमा पुगेको थियो ।

असेला गुनारत्ने र विवेक यादवले छैटौं विकेटमा ५६ रनको साझेदारी गरेपछि मात्र पोखराको स्कोर हेर्न लायक बनेको थियो । गुनारत्नेले २६ बलमा १ चौकासहित २५ रन बनाए । विवेकले अविजित ५३ रन बनाए । उनले ४५ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । विक्रम सोब शुन्यमा आउट भए भने केसरिक विलियम्स २ रनमा अविजित रहे ।

साहव आलमले ४ ओभरमा १७ रनमात्र खर्चेर २ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट लिन ४ ओभरमा ४० रन खर्चे । कप्तान सोमपाल कामीले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिए ।

पहिलो दुवै खेल जितेको चितवनले यसमा सफलता हात पारेमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बन्ने छ । पोखराले पहिलो २ खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित : आश्विन १५, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?