काठमाडौं र भैरहवाको खेल रद्द- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं र भैरहवाको खेल रद्द

कान्तिपुर संवाददाता

काठमाडौँ — बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि मैदान भिजेका कारण खेल हुन नसकेको हो ।


वर्षा र मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो । यसमध्येका तीन खेल टस नै नभई रद्द भएका थिए । यसअघि रद्द भएका खेल पुनर्तालिका गरे पनि यो खेललाई पुन खेलाइने हो वा होइन भन्ने बारे आयोजकले केही जनाइसकेको छैन ।

भैरहवाले पोखराविरुद्धको खेलमा ६५ रनमा ७ विकेट लिइसकेको अवस्थामा वर्षाले थप खेल हुन दिएको थिएन । भैरहवाको ललितपुर प्याट्रियट्ससँगको खेल ‘टाई’ भएको थियो ।

काठमाडौं किंग्सको यसअघि नै भैरहवा र पोखरा राइनोजसँगको खेल रद्द भए पनि पुनर्तालिकामा राखिएको थियो ।

प्रकाशित : आश्विन १६, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।

‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

उनले महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए ।

‘सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५/६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीले वडामा गरौँ या महानगरमा गरौँ । ती प्रत्येक निर्णयले अर्थ बोकेको हुन्छ । हामी पार्टीभित्र परिवर्तन चाहन्छौँ कि चाहदैनौँ ? आज कांग्रेस जसरी चलेको छ, यो ठीक छ ? हामी यो यथास्थितिमा टिकाउन चाहन्छौँ ? या परिवर्तन चाहन्छौँ ? यो हलबाट निर्णय भएर आउनुपर्छ ।’

नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताए । ‘म एउटा कांग्रेसको कार्यकर्ता भएको हिसाबले ठान्दछु, आज जसरी कांग्रेस चलेको छ, यसै गरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्दैन । कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ । कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ,’ थापाले भने, ‘त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।’

प्रकाशित : आश्विन १६, २०७८ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×