ईपीएल

विराटनगरको विजयले काठमाडौं दबाबमा

विनोद पाण्डे

काठमाडौँ — विराटनगर वारियर्सले सान्त्वना विजयका साथ बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यात्रा टुंगाएको छ । पहिलो चार खेल हारेर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले आइतबार काठमाडौं किंग्सलाई ७ रनले पराजित गर्‍यो ।

विराटनगरको विजयले काठमाडौं दबाबमा

तीन खेलमा दोस्रो हारपछि काठमाडौं माथि दबाब बढेको छ । काठमाडौंले पोखरा राइनोज र भैरहवा ग्लाडियटर्ससँग खेल्न बाँकी रहेको छ ।

मैदान भिजेका कारण ८–८ ओभरमा छोट्याइएको खेलमा १ सय ५ रनको विजय लक्ष्य लिएर आएको काठमाडौंले ३ विकेट गुमाई ९७ रनमात्र बनाउन सक्यो । सुवास खकुरेलले १० बलमा ३ छक्कासहित अविजित २६ रन बनाए पनि काठमाडौंले विजय हात पार्न सकेन् । उनीसँगै अविजित रहेका राजु रिजालले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए ।

रहमनुल्लाह गुरबाज १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २८ रनमा प्रतिस जिसीको बलमा आउट भए । विराटनगरका रायन पठानले रायन बर्ल (१५) र असन प्रियन्जनलाई लगातार बलमा आउट गरेका थिए ।

विराटनगरले जितेन्द्र मुखियाले फालेको अन्तिम ओभरमा २४ रन जोड्दै १ सय रनको स्कोर पार गरेको थियो । त्यसमा अनिल शाह एक्लैले तीन छक्का प्रहार गरेका थिए । अनिल १६ बलमा ४५ र सौरभ ३ बलमा ५ रन बनाई अविजित रहे । अनिलले कुल २ चौका र ५ छक्का प्रहार गरे ।

ओपनर रायन पठानले ११ बलमा ३० रन बनाउनेक्रममा २ चौका र ३ छकका प्रहार गरेका थिए । आसिफ शेख २, दिलशान मुनाविरा १, सिकन्दर राजा ४ र कप्तान करण केसी ११ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन प्रहार गर्दै आउट भएका थिए ।

काठमाडौंका गुलशन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन १७, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?