आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
जयपुर — यशस्वी जैसवालले नटआउट रहेर बनाएको १ सय ४ रनको मद्दतले राजस्थान रोयल्सले सोमबार मुम्बई इन्डियन्सलाई नौ विकेटले पराजित गरेको छ । यससँगै लिग तालिकाको शीर्षमा राजस्थानको स्थिति अझ मजबुत भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/rr-2342024023651-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मिडियम पेसर बलर सन्दीप शर्माले १८ रनमा पाँच विकेट लिएपछि पहिले ब्याटिङ गरेको मुम्बईले नौ विकेटमा १ सय ७९ रन बनाएको थियो । त्यसपछि बायाँ हाते ओनपर जैसवालले शतक बनाए र वर्षाले प्रभावित खेलमा राजस्थान १८.४ ओभरमा जितसम्म पुगेको थियो ।
यसअघि उनको व्यक्तिगत उच्च स्कोर यो सिजन ३९ रन रहेको थियो । सन् २००८ मो सेन वार्नको नेतृत्वमा पहिलो संस्करणको आईपीएल जितेको राजस्थानले यसपल्ट आफूले खेलेका ८ खेलमध्ये ७ मा विजयी हात पारेको छ । उसको १४ अंक छ ।
जैसवालको भने आईपीएलमा यो दोस्रो शतक हो । उनले ६० बलको सामना गर्दै नौ चौका र सात छक्का प्रहार गरे । उनले सन्जु साम्पसनसँग १ सय ९ रनको साझेदारी पनि गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)