कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दोलखाका आशिषलाई चेस उपाधि

काठमाडौँ — नेपाल इको प्यानलको आयोजनामा नेपाल इको प्यानल गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फुयालले जितेका छन् ।

दोलखाका आशिषलाई चेस उपाधि

नवौ चरणको खेलमा आशिषले ७ जित र एक बराबरी खेल्दै साढे ७ अंकसहित उपाधि हात पारेका हुन् ।

एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौंका पुरुषोत्तम सिलवालसग पराजित भएका थिए । उनले ६ हजार नगद हात पारे ।

दोस्रो स्थानमा रहेका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीको पनि समान अंक साढे ५ अंक भए पनि टाइब्रेकमा आशिपसग बद्रीलाल पछि परेका थिए । बद्रीले ४ हजार पुरस्कार पाए भने तेस्रो स्थानमा रहेका भोजपुरका धिरेन राईले ३ हजार पाए ।

पुरुषोत्तम चौथो भए भने काभ्रेका शैलेन्द्रकुमार पौडेल पाचौं स्थानमा रहे । ललितपुरका सुरज महर्जन, भक्तपुरका निकेन कुसथा, राजेश कक्षपति, मकवानपुरका लामा र ललितपुरका राजकुमार लामा क्रमशः पाचौंदेखि दसौं स्थानमा रहेका छन् ।

उत्कृष्ट दसौ स्थानलाई नगद पुरस्कार रहेको प्रतियोगितामा भेट्रानतर्फ गणेशमान दुवाल उत्कृष्ट भए भने अनरेटेडतर्फ विनायक पोखरेल उत्कृष्ट भए ।

विजेता खेलाडीलाई संयोजक गणेशमान दुवालको सभापतित्वमा भएको समापनमा इन्जिनियर प्रायोजक कृष्णभक्त दुवाल, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, सदस्य निरन्जन प्रजापतिलगायतले पुरस्कृत गरे ।

२६ जिल्लाका ८० खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुले सञ्चालन गरेका थिए ।

प्रकाशित : जेष्ठ १५, २०८१ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×