कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारत र श्रीलंका फाइनलमा

काठमाडौँ — भारत र श्रीलंका एटीएफ यू–१२ टेनिस टिमअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय छनोटको गर्ल्सतर्फ फाइनल पुगेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोबिन लिगमा भारत पहिलो र श्रीलंका (तस्बिरमा) दोस्रो भएर फाइनलमा पुगे । 

भारत र श्रीलंका फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स र श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा हरायो । ब्वाइजमा पनि भारत फाइनल पुगेको छ । भारतले श्रीलंकालाई ३–० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ ।

अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को जित दर्ता गर्‍यो । फाइनल शुक्रबार हुनेछ । ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगितालाई छनोट भएका छन् ।


प्रकाशित : जेष्ठ ११, २०८१ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×