कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

इंग्लिस प्रिमियर लिग : उल्भ्सलाई हराएर आर्सनल फेरि शीर्षमा

एजेन्सी

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार उल्भ्सलाई २–० ले पराजित गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट मध्य साता बाहिरिएको आर्सनललाई यो जितले राहत दिनेछ ।

इंग्लिस प्रिमियर लिग : उल्भ्सलाई हराएर आर्सनल फेरि शीर्षमा

लियोनार्ड ट्रोसार्डले पहिलो हाफको अन्त्यतिर पहिलो गोल गरेपछि आर्सनलका लागि कप्तान मार्टिन ओडगार्डले दोस्रो गोल थपे । यो जितपछि आर्सनलको ७४ अंक भएको छ र यो दोस्रोमा झरेको म्यानचेस्टर सिटीमाथि एक अंकको अग्रता हो ।

शनिबारकै अन्य खेलमा ब्रेन्टफोर्डले लुटन टाउनलाई ५–१ ले हरायो । यस्तै बर्नलीले सेफिल्ड युनाइटेडमाथि ४–१ को जित निकाल्यो । बर्नलीको यो जितले रेलिगेसनबाट बच्ने सम्भावना कायम रह्यो । बर्नली २३ अंकमा पुछारबाट दोस्रोमा छ ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×