कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनएनआईपीए स्पोटर्स अवार्ड चैत १२ मा

काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको १८ औं संस्करण चैत १२ मा हुने भएको छ ।

एनएनआईपीए स्पोटर्स अवार्ड चैत १२ मा

उपत्यकाका विभिन्न ऐतिहासिक, सांस्कृितक पहिचान बोकेका स्थानमा हुँदै आएको अवार्ड कार्यक्रम यसपालि ललितपुरमा गरिने संघले सोमबार पत्रकार सम्मेलनमा बताएको छ । ‘ललितपुरका दुई–तीन स्थानबारे छलफल गरिरहेका छौं । यही नै भन्ने निश्चित भइसकेको छैन । तर, अवार्ड कार्यक्रम ललितपुरमै हुनेछ,’ संघका सचिव मन्डेकाजी श्रेष्ठले बताए ।

अवार्डमा ३६ खेलका उत्कृष्ट खेलाडी, त्यसमध्येबाट एक पुरुष/महिला सर्वोकृष्ट खेलाडी, पुरुष/महिला प्रतिभाशाली खेलाडी सम्मान, पाका एक खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान, एक खेलाडीलाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ । साथै एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको ३६ खेललाई आधार मानेर सम्बन्धित संघबाट सिफारिस गरिएका खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी सम्मान गरिने संघका महासचिव शिवसुन्दर गोथेले बताए ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले जनही १ लाख, प्रतिभाशाली खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी आदर्श खेल व्यक्तित्व सम्मान र खेल पत्रकारिता पुरस्कार पाउनेलाई समान ३५ हजार तथा पारा खेलाडी सम्मान पाउनलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्दो, ह्यान्डबल, जिम्न्यास्टिक, टेनिस, गल्फ, हक्की, सफ्ट टेनिस, उसु, पौडी, स्क्वास, उसु, भारोत्तोलन, ट्रायथलन, क्रिकेट, सुटिङ, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, आर्चरी, कबड्डी, खोखो, टेबलटेनिस, कराते, प्याराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल र सेपाकताक्रो खेल समावेश छ ।

महासचिव गोथेले कार्यक्रम आयोजनाका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको बताए । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहित विभिन्न संस्थाले प्रायोजन गर्ने जानकारी गराए । संघकी उपाध्यक्ष आयशा शाक्यले अवार्ड कार्यक्रम सफल पार्न सबैको भूमिका महत्त्वपूर्ण रहने बताइन् ।

प्रकाशित : फाल्गुन २२, २०८० ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×