कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाँचथर गोल्डकपको फाइनल आज

उपाधिका लागि आर्मी र आयोजक भिड्दै 
लक्ष्मी गौतम

पाँचथर — चौथो संस्करणको वाईवाई पाँचथर गोल्डकपको फाइनल खेल आज हुँदैछ । दिउँसो २ बजे फिदिम माविको खेल मैदानमा हुने फाइनलमा उपाधिका लागि आयोजक पाँचथर क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन ।

पाँचथर गोल्डकपको फाइनल आज

आयोजक टिम सेमिफाइनलमा वाग्मती फुटबल क्लब सर्लाहीलाई हराउँदै फाइनल प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लब झापा फुटबल क्लब झापालाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

फाइनलको पूर्व सन्ध्यामा खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाधि दाबेदार त्रिभुवन आर्मी र आयोजक पाँचथर क्लबका कप्तान र प्रशिक्षकले एक अर्काको कमजोरी पत्ता लगाएर रणनीतिक तरिकाले खेल्दै उपाधि जित्ने दाबी गरे ।

पाँचथर क्लबका कप्तान रोशन आङदेम्बेले घरेलु मैदानमा त्रिभुवन आर्मी जस्तो मजबुत क्लबसँग स्पर्धा गर्न पाउनु आयोजक टिमका लागि अवसर भएको टिप्पणी गरे ।

आर्मीले शक्ति प्रदर्शनसहित खेल खेल्ने भएपनि खेलाडीहरुमा धेरै त्रुटी भेटिएकाले विपक्षी टिमको कमजोरी पत्तो लगाँउदै खेलेर उपाधी जित्ने उनको दाबी थियो ।

त्रिभुवन आर्मी क्लबले पनि आयोजक टिमलाई मजवुद पतिश्पर्धीका रुपमा टिप्पणी गरेको छ । अघिल्ला दुइवटा खेलको अवस्था हेर्दा आयोजक टिमलाई कमजोर आक्न नहुने भएकाले खेलाडीका झिना मसिना त्रुटि पहिल्याएर खेल्ने र उपाधि जितेरै छाड्ने प्रशिक्षक आदर्श मल्लको दाबी छ ।

स्थानीय खेलाडीका साथ घरेलु मैदानमा आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको आयोजक टिम ९० प्रतिशत भन्दा धेरै दर्शकको साथ पाउनेमा विश्वस्त छ भने त्रिभुवन आर्मी क्लब खेल र खेलाडीको अवस्था हेरेर ५० प्रतिशत दर्शकले आफ्नो टिमलाई साथ दिने दाबी गर्छ ।

फागुन १२ गतेदेखि जारी चौथो संस्करणको पाँचथर गोल्डप फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी थिए । जसमध्ये ४ टिम पहिलो र २ टिम दोस्रो चरणबाट बाहिरिए ।

प्रतियोगिताको विजेता टिमले नगद ५ लाख ५ हजार र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लबले जनाएको छ । पाँचथर गोल्डकप जिल्लाको सर्वाधिक राशीको प्रतियोगिता हो ।

प्रकाशित : फाल्गुन १९, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×