कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई 

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले चुमेको छ । जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित चन्दननाथ रंगशालामा शुक्रबार भएको फाइनलमा हुम्लालाई 0-४ गोल गर्दै उपाधि जुम्लाले जितेको हो । जुम्लाको जितका लागि रुवेन भण्डारीले हृयाट्रिक गरे ।

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई 

दोस्रो हाफमा जुम्लाकै महेन्द्र शाहीले पेनाल्टी सुटआउटमा १ गोल थपेपछि जुम्लाको ४ गोल भएको हो ।

हुम्लाले पटक-पटक गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन । जुम्लाबाट पराजित हुम्ला उपविजेता बनेको हो । उपाधि जितेको जुम्लाले प्रदेशस्तरीय फुटबलको कप, मेडल प्रमाणपत्र पाएको छ ।

विजेता र उपविजेता टिमलाई कर्णाली प्रदेशसभा सदस्य पूर्वसामाजिक विकासमन्त्री टेकराज पछाई, प्रदेशसभा सदस्य देवन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरेका छन् ।

जुम्लाले आगामी मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुदमा धेरै खेलाडी छनौट हुने अपेक्षा गरेको छ । हृयाट्रिककर्ता भण्डारीले घरेलु मैदानमा उपाधि चुम्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले राष्ट्रिय खेलकुदमा पनि जुम्लाबाट छनौट भएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे ।

प्रदेशस्तरीय फुटबलमा कर्णालीका १० मध्ये ६ जिल्लाबाट टिम दर्ता भएको थियो । जुम्ला, मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगितामा भाग लिएको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले जानकारी दिए । जसमा जाजरकोट र मुगु नकाउट चरणबाट बाहिरिए । जुम्लाले सुर्खेत र हुम्लाले कालिकोटलाई सेमिफाइनलबाट पराजित गरेपछि बाहिरिए ।

प्रतियोगितामा सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडीलाई विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताए ।

फाइनल खेल हेर्न चन्दननाथ रंगशालामा दर्शकको ओइरो लागेको थियो । प्रतियोगिता लक्षित सशस्त्र प्रहरी र नेपाल प्रहरी बाक्लो संख्यामा उपस्थित गराइएको थियो । प्रतियोगिता गत मंगलबारदेखि सुरु भएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×