कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गण्डकी प्रदेशलाई राइनो कप

नारायण शर्मा

पूर्वी नवलपरासी — गण्डकी प्रदेशले राइनो कपको उपाधि हात पारेको छ । कोल्हुवामा बुधबार भएको फाइनल खेलमा अठ्ठाइस बिघा फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै गण्डकीले उपाधिमाथि कब्जा जमाएको हो ।

गण्डकी प्रदेशलाई राइनो कप

गण्डकीका मुकुन्द न्यूरेले खेलको ४८ र ५६ औं मिनेटमा गोल गरेर गण्डकीलाई उपाधि दिलाएका हुन् । अठठाइ बिघाका अन्जल महर्जनले ७१ औं मिनेटमा १ गोल फर्काएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच मुकुन्द न्यौपाने भएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार समिर तामाङ अठ्ठाइस बिघा र मुकुन्द न्यूरे गण्डकी प्रदेशले हात पारेका छन् । उनीहरुले प्रतियोगितामा ३/३ गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी गण्डकीका आकाश रानाभाट बने ।

विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख नगदसहित शिल्ड, प्रमाणपत्र हात पारे । सर्वाधिक गोलकर्ताले १०/१० हजार नगद पुरस्कार हात पारेका छन् । उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिएको छ । प्रतियोगितामा विभागीयसहित १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

कोल्हुवामा हरेक वर्ष गैंडा संरक्षणका लागि भन्दै राष्ट्रिय तहको राइनो कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×