कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

न्यु होराइजन र नेपथ्य विजयी 

रुपन्देही — रुपन्देहीको भैरहवामा मंगलबार सुरु दोस्रो जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन ‘बी’ र नेपथ्य कलेज विजयी सुरुआत गरेका छन् । 

न्यु होराइजन र नेपथ्य विजयी 

रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीको प्रायोजनमा भएको प्रतियोगिताको उद्देश्य तल्लो तहबाटै खेलाडी उत्पादनमा टेवा दिने रहेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा न्यु होराइजनले मुनलाइट बोर्डिङलाई २३ रनले हरायो ।

टस जितेको होराइजनले २० ओभरमा ८ विकेट गुमाई १ सय ४० रन बनायो । प्रकाश गिरीले सर्वाधिक ४६, आरिफ खान र रञ्जित मौर्यले २३–२३ तथा सिद्धार्थ ढकालले १७ रन बताए । मुनलाइटका जैनउद्दिन अन्सारीले ४ विकेट लिए । भानुभक्त पाण्ड्येले २, अनिष यादव र सुरज खड्काले १–१ विकेट लिए ।

मुनलाइटले ७ विकेट गुमाई १ सय १७ रनमात्र बनाउन सक्यो । अनिष यादवले २८, सुरज खड्काले अविजित २६, शिवकान्त यादवले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । होराइजनका शुभम पाण्ड्येले ३, आरिफ खान, प्रकाश गिरी, भोजराज सापकोटा र सिद्धार्थ ढकालले १–१ विकेट लिए । न्यु होराइजनका प्रकाश गिरी म्यान अफ द म्याच भए ।

अर्को खेलमा नेपथ्यले सीसीटी कलेजलाई ४७ रनले हरायो । टस हारेको नेपथ्यले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३६ रन बनायो । कृष्ण कार्कीले ४३, अमृत बकबलले ३३ र विमर्श थापाले ११ रन जोडे । सीसीटीका अमित तिवारी र अभिषेक पाण्ड्येले २–२ विकेट लिए ।

जवाफमा सीसीटी १७.४ ओभरमा ८९ रनमै समेटियो । अमन बोहराले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितलाई पर्याप्त भएन । सीसीटीलाई सस्तैमा रोक्न नेपथ्यका कृष्ण भुसालले ४ विकेट लिए । तिलक भुसालले ३, स्वस्तिक पाण्डेले २ र कृष्ण कार्कीले १ विकेट झारे । नेपथ्यका कृष्ण भुसाल म्यान अफ द म्याच भए ।

जिल्लाका २६ टिमको सहभागिता रहेको प्रतियोगिता विजेताले ५० हजार र उपविजेता २५ हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×