२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

‘फेरि फिनाकै नियम’

अघिल्लो दिन एक खेलाडीले बढीमा व्यक्तिगत चार स्पर्धामा मात्र सहभागी हुन पाउने नयाँ नियम लागू गर्ने घोषणा गरेको नेपाल पौडी संघले फेरि सबै स्पर्धामा खेल्न पाउने निर्णय गरेको छ ।

‘फेरि फिनाकै नियम’

रोनाल्डो निलम्बित

रेफ्रीलाई धकेलेको आरोपमा क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस फुटबल महासंघले सोमबार ५ खेलमा निलम्बित गरेको छ । रियलले आइतबार बार्सिलोनामाथि स्पेनिस सुपरकपमा ३–१ को जित हात पारेको सो खेलमा रोनाल्डोलाई उक्त कार्यका लागि रातो कार्ड पनि दिइएको थियो ।

हङकङसँगको खेलका लागि प्रारम्भिक टोली

नेपालले हङकङसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलका लागि सोमबार २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले छैटौं चरणको खेल अक्टोबर १३ र १५ मा हङकङमा गएर खेल्ने कार्यक्रम छ ।

चर्च ब्वाइजलाई उपाधि

चर्च ब्वाइज क्लब, काठमाडौंले सोमबार पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उसले सगरमाथा युथ क्लब, मोरङलाई ३–० ले पराजित गर्‍यो । चर्च ब्वाइजका जाङबु शेर्पाले १२, राज पौडेलले १९ र राजकुमार कन्दङवाले ४९ औं मिनेटमा गोल गरे ।

चर्च ब्वाइजलाई उपाधि

सी गेम्समा दुई नेपाली अम्पायर

नेपाली क्रिकेट अम्पायरद्वय बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदीले २९ औं साउथ इस्ट एसियन (सी) गेम्समा निर्णायकको भूमिका निभाउने भएका छन् । मलेसियामा सेप्टेम्बर १७ देखि २९ सम्म हुने प्रतियोगिताका लागि दुवै मंगलबार क्वालालम्पुर प्रस्थान गर्दैछन् ।

अध्यक्ष बगेर बेपत्ता

खोलामा नुहाउने क्रममा बास्केटबल संघ इलामका अध्यक्ष रोहन आचार्य बेपत्ता भएका छन् । माई खोलाको राजदुवालीमा नुहाउने क्रममा सोमबार दिउँसो खोलाले उनलाई बगाएको हो ।

श्रावण ३०, २०७४

स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनय घोषणा

वर्ष २०७३ मा प्राप्त उपलब्धि र चर्चाको आधारमा पिपुल्स च्वाइस अवार्ड २०७३ का लागि सोमबार ५ खेलाडी मनोनयन गरिएको छ । यसका लागि एसएमएस भोटिङ र फेसबुक लाइक सुरु भएको छ ।

स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनय घोषणा

भारतद्वारा क्लिन स्विप

रविचन्द्रन आश्विनले चार विकेट लिएपछि भारतले सोमबार तेस्रो टेस्टमा श्रीलंकालाई तीन दिनभित्र एक इनिङ्स र १ सय ७१ रनले हराएको छ । यससँगै तीन टेस्टको सिरिजमा भारतले क्लिन स्विप पनि गरेको छ ।

भारतद्वारा क्लिन स्विप

गौरिकालाई रोक्दै पौडी संघ

कीर्तिमानी स्वीमर गौरिका सिंहलाई अस्वाभाविक रूपमा नेपाल पौडी संघले रोक्ने प्रयास गरिरहेको छ । सीमित स्पर्धामा मात्र खेल्न पाउने विश्वमै कतै नभएको नियम लागू गर्नेदेखि प्रतियोगिता सार्नेसम्म हर्कत संघले गरिरहेको छ ।

गौरिकालाई रोक्दै पौडी संघ

रियलद्वारा बार्सिलोना पराजित

रियल म्याड्रिडले आइतबार राति स्पेनिस सुपरकप पहिलो लेगको खेलमा बार्सिलोनालाई ३–१ ले हराएको छ । त्यसमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

रियलद्वारा बार्सिलोना पराजित

नेपाली यू–१९ को प्रारम्भिक टोली

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताका लागि नेपालले आइतबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ सम्म आयोजना हुनेछ ।

‘समन्वय नगरे १३ औं साग हुन्न’

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आफ्नो कमिटीले समन्वय गर्न पाएन भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना नेपालमा हुन नसक्ने बताएका छन् ।

ग्रिनल्यान्ड विजयी

आयोजक ग्रिनल्यान्ड र गोल्डेनपिक स्कुल १२ औं क्वीक्स ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आर्मी जुडो च्याम्पियन

बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ र त्रिभुवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी चुनिए । दुवै आ–आफ्नो तौल समूहका विजेता हुन् ।

काठमाडौं र मोरङ भिड्ने

पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार सगरमाथा युथ क्लब, मोरङ र चर्च ब्वाइज क्लब, काठमाडौं भिड्दै छन् । सगरमाथाले आइतबार सशस्त्र प्रहरी बल दमकलाई २–१ ले पराजित गर्‍यो ।

काठमाडौं र मोरङ भिड्ने

म्यानचेस्टरको उपाधि दावेदारी

इङलिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो चरणमा म्यानचेस्टर युनाइटेड सबैभन्दा शानदार सुरुआत लिने टिम बनेको छ । उसले आइतबार रातिको खेलमा वेस्ट ह्यामलाई ४–० ले हरायो ।

म्यानचेस्टरको उपाधि दावेदारी