कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल बराबरीमा

श्रावण ३०, २०७४

काठमाडौं — एसियन कप छनोटको तयारीमा जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले आइतबार गाम्बा ओसाकाको यू–२३ टिमसँग १–१ को बराबरी खेलेको छ ।

जे ग्रिन साकाईमा भएको खेलमा जापानी टिमले नेपाललाई दबाबमा राख्दै सुरुआती अग्रता लिएको थियो । तर नवयुग श्रेष्ठले ३४ औं मिनेटमा गोल गर्दै नेपाललाई बराबरीमा पुर्‍याएका थिए । 

आठदिने भ्रमणमा पाँच खेल खेल्ने योजनामा रहेको नेपालले अब बिहीबार क्वान्सेई गकुन युनिभर्सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : श्रावण ३०, २०७४ ०७:४०
×