कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुनमको पदक पक्का

काठमाडौँ — नेपालकी पुनम रावलले नयाँ दिल्लीमा भइरहेको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा कम्तीमा कांस्य पदक पक्का गरेकी छन् । 

पुनमको पदक पक्का

मंगलबार महिला लाइट वेल्टरवेट (६४ केजी तौलसमूह) मा पुनमले ताजकिस्तानकी खोलोभा इडिमोखलाई अंकका आधारमा ५–० ले पराजित गरेकी थिइन् । अब पुनमले सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिपर्धा गर्ने छिन् ।

पुनमले दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा कम्तीमा पहिलो अन्तर्राष्ट्रिय पदकमा नाम लेखाउने भएकी छिन् । यसअघि नेपालकी विमला श्रेष्ठले पनि कम्तीमा कांस्य पक्का गरिसकेकी छिन् ।

नेपालकी सरस्वती राना मगर भने मंगलबार क्वाटरफाइनलमा पराजित भएकी छन् । ७५ केजी तौल समूहमा सरस्वती भारतीय खेलाडी स्विटी बुरासँग अंकका आधारमा ५–० ले पराजित भइन् ।

नेपालका तीन पुरुष खेलाडीले मनोहर (म्याक्स) बस्नेत, भूपेन्द्र थापामगर र विष्णुप्रसाद घलेले खेल्न बाँकी छ ।

प्रकाशित : माघ १७, २०७४ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?