कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

भत्केको ओडारमा पाँच दिनपछि २ गोठालाको शव फेला, ४ भेंडा जीवितै 

हरिहरसिंह राठौर

धादिङ — बास बसेको ओडारभत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिन पछि फेला परेको छ । गत आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङ ओडार भत्किएर पुरिएका थिए । उनीहरुको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ । 

भत्केको ओडारमा पाँच दिनपछि २ गोठालाको शव फेला, ४ भेंडा जीवितै 

तामाङद्वय सकुशल रहेको अनुमानसहित सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम केन्द्रका १६ जना र जनपद प्रहरीका ६ जना मंगलबार साँझबाट उद्धारमा खटिएका थिए । उद्धार टोलीले ३१ घण्टापछि करिब २० मिटर पहिरो पन्छाई उनीहरुको शव निकालेको हो । सँगै सुतेका उनीहरुको ढुंगाले च्यापेको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले कान्तिपुरलाई बताए ।


शवहरु स्थानीयको मुचुल्का बनाई सदगत गर्न आफन्तहरुलाई नै जिम्मा लगाइएको छ ।


ओडार भत्कँदा झन्डै एक सय ५० भेँडाबाख्रा पुरिएको आशंका छ । तर, अहिलेसम्म उद्धार टोलीले ४ भेंडा जीवितै निकालेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले पहिरो हटाउन कार्य चलिरहेको बताए ।


यो पनि पढौं : ओडार भत्कँदा २ गोठालासहित २ सय भेडाबाख्रा पुरिए



प्रकाशित : माघ १७, २०७५ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?