मुगुमा जिप दुर्घटना, ७ घाइते
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मुगु — सोरु गाउँपालिकामा शुक्रबार दिउसो साढे जित दुर्घटना हुँदा ७ जना सख्त घाइते भएका छन् । सोरु गाउँपालिकाको सोरुकोटबाट गमगढी आउँदै गरेको जिप कुलाहा खोलामा दुर्घटना भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![मुगुमा जिप दुर्घटना, ७ घाइते](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/miscellaneous/accident-icon-19122019065757-1000x0-0512020024205-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
दुर्घटनामा परी घाइते हुनेमा सोरु गाउँपालिका गिलाहा गाउँकी दलना बम, बन्जाहाका धर्मबहादुर मल्ल, फोतुलिब्रुकी कमला शाही, नुवाकोट गाउँकी दर्शनादेवी शाही तथा जुम्लाकी उषा भण्डारी र जिपचालक प्रकाश बस्याल रहेको प्रहरीले बताएको छ । राष्ट्रिय बणिज्य बैंक शाखा सोरुकोट कर्मचारी तेजेन्द्र आर्चाय पनि घाइते भएका छन् ।
घाइतेहरुको सिप गाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको धेरै रक्तश्राव भएकाले स्थिति गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया