किरण खेरलाई रक्त क्यान्सर

काठमाडौँ — भारतीय जनता पार्टी, चन्डिगढकी सांसद तथा अभिनेत्री किरण खेरलाई रक्त क्यान्सर भएको छ ।

बिहीबार खेरका श्रीमान् अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत किरण खेरलाई मल्टिपल माइलोमा भएको पुष्टि गरेका छन् । मल्टिपल माइलोमा एक प्रकारको रक्त क्यान्सर हो ।
किरण हाल क्यान्सरको उपचारमा रहेको र उनी उपचारपछि पहिलेभन्दा पनि तगडा भएर आउने अनुपमले लेखेका छन् । किरणको उपचारमा चिकित्सकहरुको अभूतपूर्व समूह लागि परेको र उनले स्वास्थ्य लाभ गरिरहेको उनले उल्लेख गरेका छन् ।
किरण मुम्बईस्थित अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।