कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डढेलोमा परी एकको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मत्युु भएको छ ।

डढेलोमा परी एकको मृत्यु

डढेलफमा परेर बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कपिल शाहीले जानकारी दिए ।

उक्त क्षेत्रमा बिहीबारदेखि आगो लागिरहेको छ । उक्त वडा र छिमेकी सानीभेरी गाउँपालिका–३ का आधा दर्जन वनमा निरन्तर आगो लागिरहेको छ । आगो नियन्त्रण बाहिर रहेको स्थानीयले बताएका छन् ।

हालसम्म खाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कवुलियती वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वनमा डढेलो फैलिएको वडा सदस्य तिलक खड्काले जानकारी दिए । यस्तै सानीभेरी गाउँपालिका–३ को ज्यामिरेमा रहेको वनमा पनि आगलागी भइरहेको छ ।

प्रकाशित : चैत्र १३, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?