विभिन्न घटनामा संलग्न दुई फरार प्रतिवादी पक्राउ

सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानले छुट्टाछुट्टै घटनाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
हुँडारको छाला तथा अखेटोपहार ओसारपसार मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका बाग्चौर नगरपालिका ६ बस्ने वर्ष ३८ का गोपाल बस्नेत र लेनदेन मुद्दामा फरार रहेका बाग्चौर नगरपालिका १० पिपलनेटा घर भएका वर्ष ४३ का देवराज गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमीत खड्काले बताए ।
फरारपछि पक्राउ परेका गिरीलाई अहिले जिल्ला अदालत सल्यानमा बुझाइएको र बस्नेतलाई देउखुरी जिल्ला अदालत दाङ पठाइएको खड्काले जानकारी दिए ।
उनका अनुसार गिरीलाई लेनदेन मुद्दामा देउखुरी जिल्ला अदालत दाङले दुई वर्ष कैद सजायको फैसला गरेको थियो भने हुँडारको छाला तथा अखेटोपहार मुद्दामा अनुसन्धानको सिलसिलामा फरार रहेका बस्नेतलाई सोही अदालतले ०७८ असार ६ गते ३५ दिने पक्राउपुर्जी तामेल गरेको थियो ।
प्रकाशित : जेष्ठ १७, २०७९ १०:१७