१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भारतको हिमाचलमा नेपाली युवक मृत फेला

हरि गौतम

रुकुम पश्चिम — कामको सिलसिलामा भारतको हिमाचल राज्यको राजधानी शिमला पुगेका एक नेपाली युवक मृत फेला परेका छन् । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२, का २५ वर्षीय मानसिंह खड्का शिमलानजिकैको नदीमा मृत फेला परेका हुन् । उनको शव नदीमा बग्दै गरेको अवस्थामा भेटिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

नजिकैको पसलमा झोला राखेर काम छ भन्दै बाहिर निस्केका खड्का भोलिपल्ट नदीमा बगिरहेको अवस्थामा मृत फेला परेको स्थानीय प्रेम केसीले जानकारी दिए । कसैले हत्या गरेको हुनसक्ने भन्दै परिवारजनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?