कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि उपकुलपतिसमक्ष अखिल (क्रान्तिकारी) को १८ बुँदे माग

काठमाडौँ — माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति प्रा धर्मकान्त बास्कोटासमक्ष विभिन्‍न १८ बुँदे माग राखेको छ ।  

त्रिवि उपकुलपतिसमक्ष अखिल (क्रान्तिकारी) को १८ बुँदे माग

अध्यक्ष रन्जित तामाङ नेतृत्वमा बिहीबार त्रिवि पुगेर स्ववियु निर्वाचनको ठोस कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न, विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुका लागि हप्ताको कम्तीमा २० घण्टा रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखी ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज, आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने व्यवस्था, कोभिड १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा, स्वास्थ्य बिमाको व्यवहारिक कार्यान्वयन गर्दै एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र विमा शुल्क लिने व्यवस्था लगायत माग समेटिएका छन् ।

प्रकाशित : चैत्र १९, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?