भारतबाट पेय पदार्थ ल्याउन रोक

रूपा गहतराज

नेपालगन्ज — बाँके प्रशासनले भारतबाट बिहीबारदेखि पेय पदार्थ आयातमा रोक लगाएको छ । भन्सार कार्यालयले पेय पदार्थ ल्याउन रोक लगाएको हो । नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले बिहीबारदेखि पेय पदार्थ बाकेर आउनेलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

सीमावर्ती भारतीय बजारमा किनमेल गर्न गएका नेपालीहरु फर्किदा पेय पदार्थ बोकेर आउने गर्थे । कोक, डिउ, स्प्राइट फेन्टा गरी गर्मी बढेसँगै यो नाकाबाट दैनिक ठूलो मात्रामा पेय पदार्थ भित्रिने गर्दछ ।

यसैबीच बिहीबार भारतीय बजार रुपइडिहाबाट ल्याउँदै गरिएको ठूलो परिमाणको पेय पदार्थ नष्ट गरेएको छ । बाँकेस्थित बजार अनुगमन टोलीले ठूलो परिमाणमा भारतबाट आएको पेय पदार्थ नष्ट गरेको हो ।

दुई हजार लिटर डिजेल बरामद

बाँकेको नरैनापुर क्षेत्रबाट भारततर्फ पेट्रोलियम तस्करी बढेपछि तस्करीविरुद्ध कारबाही गर्दा प्रहरीले दुई हजार लिटर डिजेल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले कारबाही गर्दा नरैनापुर गाउँपालिका– बाट भारततर्फ तस्करी हुन लागेको दुई हजार लिटर डिजेल बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा कारबाही गर्दा भे.१ ख.२९६० नं.को मिनी ट्रकमा भारततर्फ चोरी निकासी गरिरहेको अवस्थामा सीमाक्षेत्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको डिजेल आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार पठाउने इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले बताए ।

प्रकाशित : चैत्र १९, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?