कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

इजरायली राजदूतले भेटे सभामुख सापकोटालाई

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत हनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ । 

इजरायली राजदूतले भेटे सभामुख सापकोटालाई

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बिहीबार सिंहदरबामा भएको भेटमा सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गरेका थिए । साथै, सापकोटोले दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको पनि बताए । उनले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई दिएका थिए ।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह रहेको उल्लेख गर्दै सभामुख सापकोटाले दुई देशका संसद्–संसद्‌बीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गरेको न्यौपानेले जानकारी दिए । सापकोटोले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण लगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताए ।

सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपालीहरुलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद दिए । उनले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताए । राजदूत गोडरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरेका थिए । उनले दुबै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए । न्यौपानेका अनुसार भेटवार्तामा राजदूत गोडरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोना विरुद्धको लडाइँमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित : चैत्र १९, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?