२४ घण्टामा नेपालमा थपिए १५२ कोरोना संक्रमित, एकको मृत्यु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको हो । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![२४ घण्टामा नेपालमा थपिए १५२ कोरोना संक्रमित, एकको मृत्यु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/health/healthministry-0462020094056-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । त्यस्तै १ हजार ५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० पीसीआर परीक्षण भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया