फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय दैनिक प्रेसको वेबसाइटहरूमा प्रकाशित गरेर उनले बिहीबार उम्मेदवारी घोषणा गरेका हुन् ।
बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शन गर्न भन्दै हिँडेका प्रदर्शनकारीहरूलाई प्रहरीले फ्रान्सको सीमामै रोकेको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देशभर लगाएको प्रतिबन्ध र कोभिडविरुद्धको खोपविरुद्ध प्रदर्शन गर्न बेल्जियमको राजधानी ब्रसेल्समा प्रदर्शनका लागि जाँदै गर्दा उनीहरूलाई सोमबार फ्रान्सको सीमामै रोकिएको हो ।
आफूलाई स्वतन्त्र आन्दोलनका पक्षधर बताउनेहरू शुक्रबार फ्रान्सभरबाट कोरोना प्रतिबन्ध र खोपको विरोध गर्न पेरिसमा भेला भएका छन् । फ्रान्सभरका प्रदर्शनकारीहरूले शुक्रबार क्यानडाबाट प्रेरित 'स्वतन्त्रता संरक्षण' को नाममा पेरिसमा देशको कोभिड-१९ खोप र सार्वजनिक स्वास्थ्य नीतिहरूको विरोधमा आवाज उठाउने योजनास्वरुप भेला भएका हुन् ।
कोरोना भाइरसको संक्रमण उच्चस्तरमा हुँदाहुँदै पनि फ्रान्सले प्रतिबन्धहरू हटाउन सुरु गरेको छ । बुधबार साँझदेखि फेस मास्कहरू अब देशभरि नै बाहिर अनिवार्य हुने छैन । त्यसैगरी हप्तामा कम्तीमा तीन दिन कार्यालयको काम घरबाटै गर्नुपर्ने बाध्यात्मक नियमलाई समेत हटाएर सिफारिस मात्र गरिएको छ ।
युरोभरि नक्कली कोभिड पासको बिगबिगी भएपछि प्रहरीले विभिन्न ठाउँमा छापा हानेको छ । स्पेनी प्रहरीले युरोपियन युनियनको नक्कली कोभिड-१९ स्वास्थ्य पास बेचेको आशंकामा सात जनालाई मंगलबार पक्राउ गरेको छ ।
बर्डफ्लुको सङ्क्रमण फैलिएपछि फ्रान्स सरकारले किसानहरूलाई करिब २५ लाख पन्छी मार्ने आदेश दिएको छ । फ्रान्सको कृषि मन्त्रालयले देशको दक्षिण पश्चिममा थप १० लाख भन्दा बढी चराहरू मार्न आवश्यक रहेको बिहीबार उल्लेख गरेको छ ।
कोरोना भाइरससम्बन्धी सरकारी नियमहरूको विरोध गर्दै फ्रान्सका शैक्षिक युनियनहरूले बिहीबार राष्ट्रव्यापी हडताल गरेका छन् । विद्यालयमा हजारौं विद्यार्थीहरू कोरोनाबाट बिरामी परेको भन्दै शिक्षकहरूले विपत्तिजनक अवस्थामा पनि सरकारले नियमहरू मात्रै बदल्ने गरेको आरोप लगाएका छन्
फ्रान्समा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार भन्दा बढी पुगेर आफ्नै रेकर्ड तोडिएको छ स्वास्थ्य मन्त्री ओलिभिय भेरानले गत २४ घण्टामा फ्रान्समा ३ लाख ३२ हजार २ सय ५२ जना व्यक्ति कोरोनाबाट संक्रमित भएको तथ्यांक बुधवार साँझ सार्वजनिक गरेका छन् ।
कोरोना खोप पासका बारेमा संसद्मा छलफल गर्नुअघि दर्जनौं फ्रान्सेली सांसदहरुलाई ज्यान मार्ने धम्की आएको छ । सांसदहरुलाई ज्यान मार्ने धम्की आए पनि उनीहरुले कोरोना खोप पास गर्नुपर्ने भन्दै संसद्मा बहस सुरु गरेका छन् ।
कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्यामा व्यापक वृद्धि भएपछि अधिकांश युरोपेली देशले स्वास्थ्य नियम कडा पारेका छन् । फ्रान्स, जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टालगायत देशले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक स्थानहरूमा प्रतिबन्ध लगाएका हुन् ।