१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
कोरोना भाइरस

कञ्चनपुरमा बढ्दै कोरोना जोखिम, एकको मृत्यु

वैशाख ५, २०८०

कञ्चनपुरमा कोरोना संक्रमण प्रतिदिन बढ्दै गएको छ । दिनहुँ संक्रमित हुनेको संख्या बढिरहेको छ भने रोकथाममा लापरबाही देखिएको छ । पछिल्लो पटक कोरोना संक्रमणकै कारण एक महिलाको मृत्यु पनि भएको छ । भ...

एकै विद्यालयका २६ विद्यार्थीलाई कोरोना

मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ ।

कोरोनाको उद्गमस्थल वुहानमा फेरि लकडाउन

चीनको हुबई प्रान्तको वुहानमा पुनः लकडाउन गरिएको छ । चार जनामा कोरोना संक्रमण देखिएपछि वुहानको जियांग्सिया जिल्लामा लकडाउन गरिएको हो । संक्रमित व्यक्तिहरूमा कुनै लक्षण नदेखिएको चिनियाँ जनस्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

भारतमा एकै दिन २० हजारलाई कोरोना

भारतमा पछिल्लो एक दिनमा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

भारतबाट फर्केका अधिकांश संक्रमित

कञ्चनपुरको सीमानाका गड्डाचौकीमा भारतबाट घर फर्किनेमा दिनहॅुँ कोरोना संक्रमण देखिन थालेको छ । घर फर्किनेको नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिन थालेको हो ।

सुनसरीमा कोरोना संक्रमणबाट महिलाको मृत्यु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण दर ४ प्रतिशत नाघ्यो

कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बुधबार ४ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र रूपमा वृद्धि हुन थालेपछि महामारीको जोखिम पनि बढेको छ । असार १ यता सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणा बढेको छ भने संक्रमण दर साढे ६ गुणाले वृद्धि भएको छ ।

नेपालमा पनि भेटियो नयाँ भेरिएन्ट ‘बीए.५’

निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । 

‘भारतमा कोरोनाले ज्यान गुमाउने ४७ लाख’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या करिब ४७ लाख रहेको जनाएको छ । यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो । कोरोना भाइरसको महामारीका कारण देशभर ४ लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

चीनमा बढ्यो कोरोना संक्रमण

चीनका विभिन्न स्थानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सांघाई सहरमा गत मार्चमा लकडाउन गरिएयता पहिलो पटक कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

भारतमा एकै दिन ९० प्रतिशतले बढ्यो

भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमण, नेपालमा झस्को

भारतका विभिन्न राज्यमा कोभिड संक्रमण दर उच्च गतिमा बढेसँगै नेपालमा फेरि झस्को पसेको छ । सम्भावित लहर र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्घ कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि प्रतिरोधक क्षमता कायम राख्न अतिरिक्त खोप लिन विज्ञहरूको सुझाव छ ।

चीनमा कोरोना संक्रमण पुन: फैलिँदै : सांघाईमा ३ जनाको मृत्यु

चीनको सांघाईमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो लकडाउन सुरु भएयता सांघाईमा कोरोनाबाट पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको हो । संक्रमण फैलिन थालेपछि मार्च अन्तिममा सांघाईमा लकडाउन गरिएको थियो ।

बालबालिकालाई खोपमा अझै अन्योल

५–११ वर्ष उमेर समूहका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले मार्च महिनाभित्रै खोप लगाइसक्ने घोषणा गरे पनि अझैसम्म कहिलेबाट अभियान सुरु हुन्छ निश्चित भएको छैन ।

२४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त, ८२ संक्रमित

२४ घण्टामा देशभर गरी २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा संगीता मिश्राले ६ हजार १७५ परीक्षणमा ८२ संक्रमित फेला परेको जनाइन् ।

सक्रिय संक्रमित ५ हजार २१२ मा झर्‍यो, २४ घण्टामा ७७ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शुक्रबार ५ हजार २१२ मा आइपुगेको छ । पछिल्लो पटक ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएपछि झन्डै १ लाख सक्रिय संक्रमित पुगेका थिए । 

थप २२४ कोरोना संक्रमित, २५१ जना निको

नेपालमा २४ घण्टामा १० हजार ९२ परीक्षण हुँदा २२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार देशभर ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा पोजिटिभ देखिएको हो ।  

उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) ले शुक्रबार आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्णरूपमा हटाइएको जानकारी गराएको छ । 

कोरोना संक्रमण घटेपछि अस्पतालमा बेड खाली हुँदै 

कोरोना संक्रमण घट्न थालेपछि अस्पतालमा बेडहरू खाली हुन थालेका छन् । कोरोना संक्रमित बिरामी भर्ना हुने दर पनि निकै घटेको अस्पतालहरुको अवस्थाले देखाउँछन् ।