कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

तुवाँलोले कर्णालीमा हवाई उडान प्रभावित

राजबहादुर शाही

मुगु — कर्णालीका जिल्लामा आइतबार बिहानैदेखि तुवाँलोले ढाकेपछि हवाई उडान प्रभावित बनेको छ । मुगु, हुम्ला, जुम्ला, डोल्पामा सुर्खेत, नेपालगन्ज विमानस्थलबाट जहाज जान नसकेका हुन् ।

तुवाँलोले कर्णालीमा हवाई उडान प्रभावित

डाँडाकाँडा तुवाँलोले ढाकेपछि उडान नभएको रारा विमानस्थलस्थित तारा एयरलाइन्सका स्टेसन इन्चार्ज लक्ष्मी शाहीले बताए । ‘तुवाँलोले जहाज उडान नभएपछि यात्रु रोकिनुपर्ने अवस्था छ,’ उनले भने ।

जहाज नउड्दा रारा घुम्न आएका आन्तरिक पर्यटक जहान नउडेपछि एयरपोर्टमै बस्न बाध्य भएका छन् । पर्यटकीय गन्तव्य रारालाई पनि तुवाँलोले ढपक्कै ढाकेपछि भ्रमणमा आएका पर्यटक निराश भएका छन् ।


प्रकाशित : चैत्र १५, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x