कोरोना खोप

अमेरिकामा मोडर्ना र जोन्सेन खोपलाई बुस्टर डोजको अनुमति 

अमेरिकाको 'यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन' (एफडीए) ले कोभिड-१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिएको छ । 

भारतमा एक अर्ब डोजभन्दा बढी कोरोना खोप लगाइयो

भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । बिहीबार भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । यो समाचार तयार पार्दासम्म बिहीबार मात्रै भारतमा करिब १५ लाख डोज खोप लगाइसकिएको छ ।

लमजुङमा करीब ५६ हजारले लगाए कोरोनाविरुद्धको खोप

पहाडी जिल्ला लमजुङका करिब ५५ हजार ७ सय ५३ जना नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् । हालसम्म ४५ वर्ष माथिका सबै नागरिक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा संलग्न व्यवसायी, जनप्रतिनिधि, सेना, प्रहरीलगायतलाई लगाइसकिएको छ ।

कोभिड विरुद्ध पूर्ण खोप लगाउने अधिकांशमा एन्टिबडी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टीबडी स्तर अध्ययनको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । खोप लगाएका तथा नलगाएका व्यक्तिहरुमा एन्टिबडीको स्तर मुल्यांकन गर्नु अध्ययनको मुख्य उद्देश्य रहेकाे परिषद्ले बताएकाे छ ।

भारतबाट शनिबार १० लाख डोज कोभिसिल्ड आउँदै

शनिबार भारतबाट नेपालले खरिद गरेको१० लाख डोज कोभिसिल्ड आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भोलि २ बजेतिर एयर इन्डियाको फ्लाइटबाट खोप आइपुग्ने बताए । 

नोभेम्बरदेखि अस्ट्रेलियाका सीमा नाका खुल्ने

अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका नोभेम्बरदेखि खुला गर्ने भएको छ । सीमा नाका खुला गर्ने निर्णयसँगै २० महिनादेखि अस्ट्रेलिया प्रवेशमा लगाइएको बन्देज र पछिल्लो समयमा अस्ट्रेलिया आगमनमा लगाइएको कोटा समेत हट्नेछ ।

अमेरिकी ट्रायलअनुसार अस्ट्राजेनेकाको खोप ७४ प्रतिशत प्रभावकारी

अस्ट्राजेनेकाको कोभिड -१९ खोप लक्षणसहित रोगको रोकथाममा ७४ प्रतिशत प्रभावकारी रहेको अमेरिकी अध्ययनमा देखिएको छ । यस्तै ६५ वर्षभन्दा माथिका व्यक्तिमा भने यसको प्रभावकारिता बढेर ८३.५ प्रतिशत पुगेको कम्पनीले बुधबार प्रकाशित अमेरिकी क्लिनिकल ट्रायलको नतिजामा जनाइएको छ ।

कोरोना संकट व्यवस्थापन गर्ने ‘सीसीएमसी’ निष्क्रिय  

सरकारले ल्याएको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’ संसद्‍बाट समयमै पारित नभएसँगै कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गठन भएर काम गर्दै आइरहेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ (सीसीएमसी) कार्यकाल पनि सकिएको छ । योसँगै सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अवकाश प्राप्त रथी बालानन्द शर्माको जिम्मेवारी पनि सकिएको छ । 

मापदण्ड पूरा गरेर आइतबारदेखि काठमाडौं महानगरमा कक्षा सञ्चालन गर्न सकिने

काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने जनाएको छ । बुधबार साँझ महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।

आईसीयू र भेन्टिलेटरमा घट्न थाले बिरामी  

कोरोना संक्रमण ओरालो लागेसँगै उपत्यकाका अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा बिरामीको चाप घट्न थालेको छ । 

भारतले खोप निर्यात खुलाउँदै

कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले अर्को महिनाबाट ‘भ्याक्सिन मैत्री’ कार्यक्रम थालिने बताएका हुन् । 

धनकुटाका सबै विद्यालय खुले

६ महिनादेखि बन्द सरकारी तथा निजी विद्यालय सोमबारदेखि खुलेका छन् । लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।

सोमबारदेखि १० हिमाली जिल्लामा खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । 

२४ घण्टामा ८३५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा शनिबार नेपालमा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० जनाको पीसीआर परीक्षण गर्दा ८३५ जनामा कोरोना संक्रमण देखिएको हो । 

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर

गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो । 

२४ घण्टामा ७७७ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७७७ जनामा कोरोना संक्रमण देखिएको छ । ६ हजार १३७ जनाको पीसीआर परीक्षण गर्दा ७७७जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तीन करोड डोज खोप ल्याउन बजेट

मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।

अमेरिकामा कोभिडको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या हालसम्मकै उच्च

कोभिड-१९ को महामारीका कारण अमेरिकामा लाखौं परिवारले आफ्ना बालबालिकालाई लामो समयपछि विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमै रहेको बेला १८ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोनाको संक्रमण उच्च देखिएको छ ।

दसैंसम्ममा ३३ प्रतिशतलाई खोप : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्ममा ३३ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

कोभिड निको भएकालाई स्नायु समस्या

कोभिड संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा स्नायु (न्युरोलोजिकल) सम्बन्धी जटिल समस्या देखिएको छ । कोभिडलाई मुख्य रूपमा श्वासप्रश्वाससँग सम्बन्धित गम्भीर रोग मानिए पनि यसले आम नेपालीमा स्नायुसम्बन्धी जटिल समस्या निम्त्याएको विज्ञहरू बताउँछन् । स्नायु प्रणाली मुख्य रूपमा मस्तिष्क र मेरुदण्डमा हुन्छ । मस्तिष्कबाट निस्केको १२ जोडी स्नायुलाई ‘क्रानियल नर्भस्’ भनिन्छ ।

नेपालमा १ करोड डोजभन्दा बढी कोरोना खोप लगाइयो

नेपालमा बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोप १ करोड डोजभन्दा बढी लगाइएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार १ सय ५१ डोज खोप लगाइएसँगै नेपालमा १ करोडभन्दा बढी डोज नाघेको हो । 

१८ वर्षमाथिका व्यक्तिमा कोरोना खोप परीक्षण गर्न सरकारले दियो अनुमति 

सरकारले नेपालमा १८ वर्षमाथिका व्यक्तिमा कोरोना खोप ट्रायल गर्न अनुमति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप परीक्षण (क्लिनिकल ट्रायल) का लागि अनुमति प्रदान गर्ने निर्णय गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

विद्यार्थीलाई खोप दिएर विद्यालय खोल्ने तयारी

विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ ।

मकवानपुरका आइसोलेसन बन्द

कोरोना संक्रमण घटेसँगै मकवानपुरमा स्थापना गरिएका सबै आइसोलेसन सेन्टरहरू बन्द गरिएको छ । दैनिक रूपमा थपिने संक्रमितको संख्या घटेसँगै आइसोलेसन सेन्टरहरू बन्द गरिएको हो । कोरोनाको दोस्रो लहरसँगै हेटौंडा उपमहानगरपालिका–६ गौरीटार रंगशालामा १ सय २० बेडको आइसोलेसन सञ्चालनमा आएको थियो ।