सल्यानमा माटोको ढिस्कोले पुरिएर १ को मृत्यु, १ सख्त घाइते 

विप्लव महर्जन

सल्यान — जिल्लाको सिद्धकुमाख गाउँपालिका २ खड्केडाँडामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् । घर पोत्ने माटो खन्न गएको समयमा माथिबाट खसेको ढिस्कोले पुरिएर शनिबार बेलुकी ५ बजे वर्ष ४५ की स्थानीय ऐली चलाउनेको मृत्यु भएको हो । वर्ष ३२ वर्षकी गौरी बोहरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  

ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी चलाउनेको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार घाइते बोहरालाई भने थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

गाउँ नजिकै पाँच महिला शनिबार दिउँसो ३ बजे घर पोत्ने माटो लिन गएका र तीमध्ये चलाउने र बोहरा पुरिएका प्रहरी निरीक्षक ओलीले जानकारी गराए । 'ढिस्कोले पुरिएकाको स्थानीय तथा प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन गर्दैनौं : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

भक्तपुर — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन् । 

शनिबार मध्यपुर थिमि नगरपालिकाको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्वास्थ्य प्रति सजग रहँदै विद्यालय संचालन गर्ने, स्वास्थ्य मापदण्ड पालनालाई कडाई गर्ने तर लकडाउन नगर्ने बताएका हुन् । ‘विद्यालय बन्द गरेर होइन, स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाको सामना गरिन्छ,’ उनले भने ।

पछिल्ला दिनमा भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकोले स्वास्थ्य सुरक्षामा सम्झौता नगर्न मन्त्री श्रेष्ठको अनुरोध छ ।

सरकारले कोरोना संक्रमणको दर केही वृद्धि भएपछि उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्न आग्रह गरे पनि मध्यपुर थिमि नगरपालिकाले २५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७७ १९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×