सल्यानको दार्मामा विद्यालय बन्द भएनन्

सल्यान — संघीय सरकारले ४ दिन विद्यालय बन्द गर्न आग्रह गरे पनि सल्लानको दार्मा गाउँपालिकाका विद्यालयमा पठनपाठन चलिरहेको छ । वातावरण प्रदूषणको जोखिम नभएको भन्दै विद्यालय खोलिएको हो ।

कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठनमा असर परेको भन्दै विद्यालय खुला गरिएको गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । उनका अन्सुार झण्डै ३ दर्जन सामुदायिक विद्यालयमा पठनपाठन जारी छ ।
‘कोरोनाका कारण झन्डै आठ महिनापछि विद्यालय खोलिएको थियो, अहिले बन्द गर्दा कोर्स नसकिने देखियो,’ उनले भने, ‘यहाँ तुवाँलो र धूलोधुवाँको असर पनि छैन ।’
प्रकाशित : चैत्र १७, २०७७ १८:०५