बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

कान्तिपुर संवाददाता

बागलुङ — बालिका बलात्कार गरेको आरोपमा बागलुङ प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–१ की १५ वर्षीया बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

मल बोक्न हिँडेकी बालिकालाई बलात्कार गरेको देखेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । चैत १२ गतेको घटना भएपनि ढिला उजुरी आएपछि प्रहरीले बुधबार मात्रै उनलाई पक्राउ गरेको हो । वृद्धले आरोप अस्विकार गरे पनि स्थानीयले भिडियो खिचेको भेटिएको प्रहरीले जनाएको छ । पीडित बालिका स्वास्थ्य परीक्षणपछि घर फर्केकी छिन् ।

प्रकाशित : चैत्र १९, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

किरण खेरलाई रक्त क्यान्सर

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय जनता पार्टी, चन्डिगढकी सांसद तथा अभिनेत्री किरण खेरलाई रक्त क्यान्सर भएको छ ।

बिहीबार खेरका श्रीमान् अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत किरण खेरलाई मल्टिपल माइलोमा भएको पुष्टि गरेका छन् । मल्टिपल माइलोमा एक प्रकारको रक्त क्यान्सर हो ।

किरण हाल क्यान्सरको उपचारमा रहेको र उनी उपचारपछि पहिलेभन्दा पनि तगडा भएर आउने अनुपमले लेखेका छन् । किरणको उपचारमा चिकित्सकहरुको अभूतपूर्व समूह लागि परेको र उनले स्वास्थ्य लाभ गरिरहेको उनले उल्लेख गरेका छन् ।

किरण मुम्बईस्थित अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


प्रकाशित : चैत्र १९, २०७७ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×