लमजुङमा टिपर दुर्घटना:मृत्यु भएका ४ जनाकै सनाखत

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका ७, सितीखोला नजिकै कोइलेनीमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएका ४ जनाकै सनाखत भएको छ ।


जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार दिउँसो अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिप्पर दुर्घटना हुँदा टिपरमा सवार ४ जनाकै घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदिश रेग्मीका अनुसार चालक धादिङको गजुरी गाउँपालिका ६ घर भई हाल मध्यपहाडी लोकमार्गमा काम गर्ने अन्दाजी २६–२७ वर्षका आकाश भन्ने विनोद घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर गोरखाको गोरखा नगरपालिका-१२ का अन्दाजी २३–२४ वर्षका रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका-७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यानको कुमाख गाउँपालिकाका अन्दाजी २१–२२ वर्षका पारस शाहको मृत्यु भएको हो । कल्याणबेंसी (कल्याङबेंसी) बाट बतासेचोकतर्फ ढुंगा लोड गरी जाँदै गर्दा बाटोबाट करीब ३० मिटर तल खसेर खेतको कुनामा टिपर दुर्घटना भएको प्रहहरीले जनाएको छ । उकालो कच्ची साँघुरो सडक, लोड बढी भएर व्याक हुँदा सडकबाट टिपर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

औद्योगिक प्रयोजनका लागि ५० वर्षसम्म लिजमा जग्गा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले औद्योगिक प्रयोजनका लागि ५० वर्षसम्म लिजमा जग्गा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गरी उक्त व्यवस्था लागु गरिने जानकारी दिए ।

उक्त व्यवस्थाले औद्योगिक वातावरण निर्माण हुने उनको भनाइ छ । स्वदेशी उत्पादन बढाउन आफ्नै उत्पादन, आफ्नै उपभोग अभियान सञ्चालन गरिने पनि उनले बताए ।

स्वदेशी उद्योगले उत्पादन गरेका वस्तुको खपत बढाउन सरकारी र सार्वजनिक संस्थानमा स्वदेशी वस्तुको प्रयोग बढाइने अर्थमन्त्री शर्माले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×