कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

लमजुङको कोइलेनीमा टिपर दुर्घटना, ४ को मृत्यु

मृत्यु भएकामध्ये १ जनाको मात्रै सनाखत
आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका-७ कोइलेनीस्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लमजुङको कोइलेनीमा टिपर दुर्घटना, ४ को मृत्यु

मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुंगा लोड भएको टिपर दुर्घटनामा परेर सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाहरु सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरु रहेको उनले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको र मृतकको पहिचान खुलिसकेको छैन । मृतक सबै पुरुष हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदशी रेग्मीका अनुसार टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो । उनका अनुसार मृतक ४ जनामध्ये हालसम्म चालकको मात्रै पहिचान खुलेको छ । चालक धादिङको गजुरी गाउँपालिका- ६ घर भएका अन्दाजी २७ वर्षका आकाश घिमिरे रहेको उनले बताए ।

टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरुमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?