बजारमा साओमीको रेडमी नोट १० स्मार्टफोन

काठमाडौँ — साओमीले नेपालमा आफ्नो ‘रेडमी नोट १०’ स्मार्टफोन सार्वजनिक गरेको छ ।

बजारमा साओमीको रेडमी नोट १० स्मार्टफोन

रेडमी नोट १० मा नयाँ इभोल डिजाइन र टेक्नोलोजिकल एड्भान्समेन्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

यसमा ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सर, ३३ वाटको चार्जर र ५ हजार एमएएचको ब्याट्री जस्ता विशेषता छन् । रेडमी नोट १० फस्ट ह्वाइट, एक्वा ग्रिन र स्याडो ब्ल्याक कलरमा उपलब्ध छन् ।

४ जीबी र्‍याम र ६४ जीबी रोमको मूल्य २१ हजार ९ सय ९९, ४ जीबी र्‍याम र १२८ जीबी रोमको २२ हजार ९ सय ९९ र ६ जीबी र्‍याम र १२८ जीबी रोमको २४ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र १९, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?