२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

राजबहादुर शाही

राजबहादुर शाहीका लेखहरु :

पहिरोको त्रासले रातभर जाग्राम

सोरु गाउँपालिका-४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जाग्राम बस्न बाध्य छन् । असार २१ गते बिहान गाउँको माथिबाट वर्षासंगै उर्लेर आएको बाढीले खेतीयोग्य जग्गा बगरमा परिणत गरेपछि गाउँ जोखिममा छ । बस्तीका ३५ दलित घरका करिव १ सय ७५ जना त्रासले रातभर जाग्राम बस्ने गरेका छन् । 

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो पन्छाउन समस्या 

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो पन्छाउन समस्या भएको छ । गत शुक्रबारदेखिको वर्षाका कारण राजमार्गको कालिकोट सडक खण्डको हुल्म र कालिकोट-दैलेखको सीमाना दहिखोला नजिक गगनेखोला, सातमोड लगायत चार ठाउँमा पहिरो खसेको छ ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।

नाका खुल्ने दिन कुर्दै कार्मारोङका बासिन्दा

मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा उत्तरी नाक्चेनाङ्ला व्यापारिक नाका खुल्ने दिन कुरिरहेका छन् । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपालका परम्परागत १४ नाका खोल्ने तयारी रहेको खबर आएपछि कार्मारोङबासी आशावादी छन् । तर नाका कहिले खुल्ने वा खुल्ने हो वा होइन भन्ने कसैलाई पत्तो छैन ।

स्याउ किसानलाई बोट काँटछाँटको चटारो

छायाँनाथ रारा नगरपालिका–४ ताल्च गाउँका हरि रोकायालाई बारीको स्याउ गोडमेल र बोट काँटछाँट गर्ने चटारो छ । बोटको मुना पलाउने र फूल्ने समय हुन थालेपछि रोकायाको पूरै परिवार अग्ला हाँगा तथा किरा लागेका बोट काट्ने, गोडमेल र झारपात सफा गर्ने काममा ब्यस्त छन् ।