कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चोरी सिकारी मुद्दाका फरार अभियोगी पक्राउ

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको अभियोग लागेका फरार एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

चोरी सिकारी मुद्दाका फरार अभियोगी पक्राउ

सुर्खेत बराहाताल गाउँपालिका—२ सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।

गत माघ १६ गते निकुञ्जको गस्ती टोलीले भरुवा बन्दुक ३ थान, १७ थान गोली र बारुद २ सय ग्रामसहित गणेश तिवारी र चक्रबहादुर विष्टलाई तत्कालै नियन्त्रणमा लिएको थियो । अदालतले तिवारी र विष्टसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।

सोही मुद्दामा फरार रहेका मन्दिरलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालत पठाएको छ ।


प्रकाशित : चैत्र १९, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?