आगामी सत्ता समीकरणका लागि दाहाल–नेपाल नेतृत्वको नेकपाले तीनवटा विकल्प अघि सारेको छ । संसद् अधिवेशनको तिथि नजिकिँदै गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन र आगामी सत्ता समीकरण बनाउनका लागि कांग्रेस, जसपालगायत दलहरू अनिर्णीत भइरहेको अवस्थाले नेकपाभित्रै तीनवटा विकल्प तयार भएको हो ।